वार्षिक प्रगति समरि

नेपाल एउटा सुन्दर देश हो, जसलाई हिमालहरूको देश भनेर चिनिन्छ। यहाँ विश्वको सबैभन्दा अग्लो हिमाल, सगरमाथा, रहेको छ। नेपालमा विविध संस्कृति, परम्परा, र भाषा पाइन्छ, जसले यहाँको मौलिकता झल्काउँछ। पर्यटकहरूले यहाँका धार्मिक स्थल, प्राकृतिक सौन्दर्य, र रोमाञ्चक पदयात्राको अनुभव लिन सक्छन्। नेपालका जनताहरू मिलनसार र आतिथ्यपूर्ण छन्, जसले देशलाई अझ विशेष बनाउँछ।

हाम्रो इतिहास

2072

नेपालमा एतिहासिक रुपमा चोचाङ्गी समाज नेपालको प्रथम भेला मिति २०७२—०६—१६ गते शनिवारका दिन काठमाण्डौ जिल्ला लगायत नेपाल भरि छरिएका चोचाङ्गी दाजुभाई लाई निमन्त्रणा गरि रापस तथा म्याग्दी जिल्लाको पुर्व सभापति श्री वलमान चोचाङ्गी पुन ज्युको प्रमुख अथिति, माननिय श्री नरदेवी चोचाङ्गी पुन, माननिय श्री मिना चोचाङ्गी पुन ज्युको विशिष्ट अथिति, समाजसेवी श्री समलाल चोचाङ्गी पुनको आथित्यतामा र विभिन्न स्थान वाट प्रतिनिधित्व गरि चोचाङ्गी भाईखलकहरुको उपस्थिति भई तदर्थ समितिका संयोजक श्री चेम बहादुर चोचाङ्गी पुनको अध्यक्षतामा मुलआयोजक सदस्य श्री गुमानसिं चोचाङ्गी थापा, श्री तिलक चोचाङ्गी पुन, अन प्रसाद चोचाङ्गी पुन, हुपेन्द्र चोचाङ्गी पुन, श्री केशव प्रसाद पुन, श्री धन बहादुर चोचाङ्गी पुन, श्री विराज चोचाङ्गी पुन, श्री हिमाल चोचाङ्गी, लोक बहादुर चोचाङ्गी लगायत काठमाण्डौमा वसोवास गरेका चोचाङ्गी परिवारहरुको उपस्थितिमा यस कार्यक्रमका संचालक महाचिव श्री लिल बहादुर चोचाङ्गी पुन द्धारा भब्यरुपमा कार्यक्रम गरि चोचाङ्गे समाज कल्याण नामकरण लाई संशोधन गरि चोचाङ्गी समाज नेपाल नाम राखि विधान मस्यौदा २०७२ प्रस्तावित श्री चेम बहादुर चोचाङ्गी पुन द्धारा तयार गरिएको प्रस्तुत प्रतिवेदन उपर निणार्यक छलफल गरियो ।

2072

त्यसै क्रममा चोचाङ्गी थर विषयकमा मिति २०७२/०५/२६ गते काठमाण्डौ जिल्लामा अन्यत्र जिल्लावाट आएका खिवाङ्ग, मराङ्ग, च्युरिवोट, र्भजुला, पाखापानी, धापुङ्ग वरंजा, शालिजा, वुटवल लगायत अगुवा भाईखलकहरु विचमा छलफलको निणर्य अनुसार चोचाङ्गे समाज कल्याण गठन गरि श्री चेम ब. चोचाङ्गीको संयोजकत्वमा ११ सदस्य समिति गठन गरियोे ।

2074

दोस्रो राष्ट्रिय भेला मिति २०७४/०१/१३ गते वुधवारका दिन म्याग्दी जिल्ला वेनी वजारको मगर संघको भवनमा कार्यक्रमको आयोजना गरी संस्थाको अध्यक्ष श्री चेम बहादुर चोचाङ्गीको अध्यक्षतामा विभिन्न ठॉउवाट प्रतिनिधित्व गरि आएका चोचाङ्गी दाजुभाईहरुको उपस्थितिमा चोचाङ्गे समाज नेपालले नेपाल भरि छरिएका चोचाङ्गी भाईखलकहरुको वस्ने ठॉउहरुको नामकरण खोजी भई गोत्र विशेष एजेण्डा र क्षेत्रीय समितिहरुको गठन गर्ने उपर वृहत छलफल भई यसलाई केन्द्रिय समितिले खोज अनुसन्धानको तथ्य संकलन गरि टुङ्गयाउने निणर्य गरि विविध सॉस्कृतिक नाच र शुभकामना मन्तब्य सहित भब्यरुपमा कार्यक्रम सम्पन्न भयो ।

2075

तेस्रो राष्ट्रिय भेला मिति २०७५/०५/१६ गते शनिवार दिन चोचाङ्गी समाज नेपालले कास्की पोखराको सुन्दरी नगरीमा संस्थाका अध्यक्ष श्री चेम बहादुर चोचाङ्गीको अध्यक्षतामा माननिय श्री नरदेवी चोचाङ्गी पुनको प्रमुख आथित्यता, क्षेत्रीय समितिका प्रमुख, सल्लाहकारहरु, आयोजक समिति लगायत चोचाङ्गी भाईखलकहरुको वस्ने ठॉउहरु वाट प्रतिनिधित्व गरि आएका र स्थानिय रुपमा वासिन्दाहरुको उपस्थितिमा चोचाङ्गी थर नामकारण र जन्म देखि मृत्यु सम्मको कर्म काण्ड विषयक वृहतरुपमा छलफल गरि यस संस्थाका सचिव श्री धन ब. चोचाङ्गी पुनको संचालनमा भब्यरुपमा कार्यक्रम सफल भयो ।

2075

चोचाङ्गे समाज कल्याण केन्द्रले निरन्तर अगाडी बढिरहेको अवस्थामा विश्व भरि कोभिड १९ को प्रत्यक्ष रुपमा प्रभावका कारण जसले गर्दा खोज अनुसन्धानमा ढिलासुस्ती हुन गएता पनि मिति २०७५/०६/१७ गते काठमाण्डौ जिल्ला, एनजल्स हर्ट स्कुलको प्राङ्गणमा चोचाङ्गी परिवारहरुको आमभेला कार्यक्रमको आयोजनामा वृहत छलफलको निर्णयले चोचाङ्गे समाज कल्याण केन्द्रलाई नाम परिवर्तन गरि चोचाङ्गी समाज नेपाल नामकरणमा दर्ता गर्ने प्रस्तावित विषयलाई सर्वसम्मत सभाले निर्णय गरियो ।

2075

चोचाङ्गी समाज नेपालको विधान मस्यौदा २०७६ तयार गरि नेपाल सरकार, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, काठमाण्डौमा मिति २०७५/१२/०५ गतेका दिन संस्थाको एतिहासिक रुपमा दर्ता गरियो । त्यसै गरि प्रशासनिक रुपले समाज कल्याण परिषद, तारकेश्वर नगरपालिका र गैर सरकारी संस्थाको स्थायी लेखा नम्वर समेत दर्ता गरिएको छ । चोचाङ्गी समाज नेपालले चोचाङ्गी परिवारलाई प्रोत्साहन गर्न उपचारको लागि आर्थिक सहयोग र राष्ट्रिय स्तरमा पुगेका समाजसेवी, खेलाडी, अध्ययनमा अब्वल भएकालाई सम्मान भेटघाट र दुखालो/वायो पुजाआजा कार्यक्रम, माईती चेलीवेटी कुटम्व संग भेटघाट कार्यक्रम गर्दै मगर जातिको विशेष चाडपर्वको रुपमा हरेक वर्षको माघे सकाराती पर्व जस्ता गतिविधीहरु निरन्तरता भैराखेको छ ।