परिचय
परिचय
चाेचाङ्गी समाज नेपाल
हाम्रो बारेमा
मानव सभ्यताको जव शुरुवात भयो तव मानिसहरुको आआफ्नो समुह वनाई विभिन्न ठाउहरुमा भौगोलिक थातथलो अनुसार विभिन्न प्रकारका नीति नियमहरु सृजना गर्दे एक समुदाय हुदै सामाजिक रुपमा लागु गर्न थालियो र त्यही रहन सहन वाट नै रितिरिवाज, संस्कृतिको उत्र्सजन भयो । आजको समयको अवस्था सम्म आईपुग्दा कैयौ मानव सभ्यता र पूर्वजहरुको इतिहास र किम्वदन्तिका भनाईहरुको आधारमा केही समय अगाडि देखिको पूर्वजहरुको नामकरण वाट आफ्नो ढंगले इतिहास रचेको पाइन्छ, सुन्न पाइन्छ । तैपनि जहा सम्म एक समुदायको सृष्टि कर्ताको नामकरण यस मिश्रित समाजमा विभिन्न प्रश्नहरु खडा हुन्छ । सर्वप्रथम त पूर्खाको नाम के हो ? कुन कुलको र गोत्र के हो ? के जात हो ? वशंजको थर के हो ? र्पुख्यौली घर कहा हो ? यि सवै कुरा जन्म देखि मृत्युपरान्त सम्मको र्कम काण्डमा अत्यन्त खड्किने प्रश्नहरु हुन ।
यी प्रसङ्गलाई हेर्दा नेपालमा मगर जातिको थरहरु अनेकौ थरहरुको नामकारण भौगोलिक र भाषिक रुपमा फरक फरक भएको पाइन्छ । नेपाल मगर संघमा आवद्ध हुदै जॉदा मगरका कैयौ लेखकहरुको लेखमा चोचाङ्गी थर उल्लेखित गर्न मगर जातिको सुचीमा सुचिकृत गरिएको छ । नेपालको विभिन्न ठाउहरुमा छरिएर रहेको उल्लेखिय मात्रमा चोचाङ्गी मगरहरुको वसोवास रहेको पाए पछि अव पुर्खाहरुको खोज अनुसन्धान गरि आउने पिढीहरुलाई एकरुपता ल्याउनु पर्छ भनि यस अभियानको क्रममा पेशागत रुपमा र बसॉईसराईले गर्दा चोचाङ्गी थर अन्य थर लेखिन सक्ने र सामाजिक रुपमा हाडनाताको पहिचान गर्ने वारे भौगोलिक र भाषिकको विस्तृत रुपमा वि.सं. २०६८ साल देखि वि.स. २०७६ सालमा चोचाङ्गी समाज नेपाल दर्ता गरि विश्लेषण र अध्ययन गर्न थालियो ।
यसर्थ परापुर्वकाल देखि अनुसरण गर्दे आएका संस्कार संस्कृतिलाई पालना गरे मात्र हाम्रा सन्ततीलाई समेत आफ्नो पहिचान जीविन्त राख्न सकिन्छ भन्ने मान्यताका साथ यो चोचाङ्गी समाज स्थापना भएको हो ।
हामी हाम्रो मिशन, भिजन र लक्ष्यहरूमा केन्द्रित छौं
मगर समुदायले आफ्नो निरन्तर वृद्धि, लचिलोपन र समाजमा योगदान सुनिश्चित गर्ने लक्ष्य राखेको छ, सबै आफ्नो जरा र सांस्कृतिक पहिचानप्रति सच्चा रहँदा।
मिशन
चोचाङ्गी समाज नेपालको उद्देश्य समुदायको सांस्कृतिक सम्पदा, सामाजिक मूल्यहरू, र परम्पराहरूको संरक्षण र प्रवर्द्धन गर्नु हो। साथै, एकता, सशक्तिकरण, र दिगो विकासलाई प्रोत्साहन गर्नु यसको मुख्य लक्ष्य हो। परम्परागत अभ्यासहरूलाई आधुनिक दृष्टिकोणसँग समाहित गरेर, समाजले आफ्ना सदस्यहरूको सामाजिक, आर्थिक, र सांस्कृतिक उत्थान गर्ने लक्ष्य राखेको छ।
दृष्टि
चोचाङ्गी समाज नेपालको दृष्टिकोण समुदायका सदस्यहरूको भलाईका लागि शिक्षा, स्वास्थ्य, सीप विकास, र जीविकोपार्जनका अवसरहरूमा केन्द्रित कार्यक्रमहरू कार्यान्वयन गर्नु हो। साथै, चोचङ्गी समुदायका समृद्ध परम्परा, भाषा, चाडपर्व, र कला रूपहरूको दस्तावेजीकरण, संरक्षण, र प्रवर्द्धन गर्नु यसको लक्ष्य हो।
लक्ष्यहरू
चोचाङ्गी समाज नेपालको दृष्टिकोण आत्मनिर्भर, समावेशी, र सांस्कृतिक रूपमा जीवन्त समुदाय निर्माण गर्नु हो, चोचाङ्गी थर भित्र संस्कार संस्कृतिको जन्म देखि मृत्युको र्कमकाण्डमा एकरुपता एक सामाजिक पहिचान र र्पुख्यौली श्रेष्ताको दस्तावेज र्गनुको साथै खोज अनुसन्धानको निरन्तरता दिने जसले नेपालको विविध सांस्कृतिक परिदृश्यसँग समन्वयमा फस्टाओस्। यो समुदाय सांस्कृतिक संरक्षण र सामाजिक विकासको नमुना रूपमा मान्यता प्राप्त हुने आकांक्षा राख्छ, ताकि भावी पुस्ताले गर्व गर्न सक्ने र दिगो विरासत प्राप्त गर्न सकून्।