भौगोलिक क्षेत्र अध्ययन
Visited Date: 2082-02-09
नेपालमा विविध जात जातिहरुको मिश्रित वसोवास रहेका छन । नेपालमा वहुसंख्यामा रहेको मगर जाति भित्रमा विभिन्न पुन थर मध्येमा चोचाङ्गी थर पनि भएको पुष्टि यथस्त प्रमाणहरु रहेको छ । त्यस्तै इतिहास कालखण्डमा नेपाल भौगोलिक सिमाक्षेत्रको एकिकरण हुनु भन्दा पूर्व वाइसे चौविसे राज्य ससाना राज्यमा विभाजित रहेको समयमा निसिभुजी माथि रहेको ढोरपाटनको समथर भुभागमा वस्तु चरणको साथै जङलमा वन्यजन्तुको शिकार खेल्न योग्य रहेको छ । जुन हाल सम्म पनि राष्ट्रिय निकुन्जको संरक्षणमा छ । त्यस समयमा ढोर राज्यको संचालन रहेको नेपालको इतिहासमा पाइन्छ । सदियौ देखि हाम्रो पूर्खाले ढोरपाटनको समथर मैदान चौरमा छाप्रो लगाई वसोवास गरिएको अनुमान गर्न सकिन्छ साथै त्यहा चोचाङ्गीका सन्ततिहरुले अझै पनि भेडा चरण गर्ने गरेका पाइन्छन र उनिहरु धनुष वाण र हतियार चलाउन निपुणता भएको लडाकु थिए भन्ने कुरा रुकुम, रोल्पा र निसि भुजी क्षेत्रमा चोचाङ्गी थरको अर्थ खाम भाषामा आधारित भएको पुष्टि भएको छ । जेभएता पनि पछिल्लो कालखण्डमा रुकुम, रोल्पा, बाग्लुङ्ग, म्याग्दी, पर्वतमा समेत खाम भाषामा बोलीचालीमा पाइन्छ । हाम्रो संस्कार संस्कृति प्रकृति पुजकको आधारित रहेको पाइन्छ । त्यसैले रुकुमको मैकोटमा पोनको उदगम थातथलोको आधारमा त्यहा वाट हाम्रो पुर्वज आएको भन्ने तथ्य पाइन्छ । अर्काे पक्ष भनेको ढोरपाटन वाट कुल पुजाका लागि दाजुभाईले भेडाको सार छुट्टायाउने गर्दथे भन्ने भनाई छ । जसमा रुकुम मैकोटको मस्त थानमा अहिले पनि भेडाको सार लाने गर्दछन र अर्काे भेडासार म्याग्दी तर्फ पुजाको लागि लिने गरिन्थ्यो भन्ने कथन छ । यसरी ढोरपाटन सेरोफेरो नजिक रहेको वाग्लुङ्ग जिल्ला निसीभुजी हुदै म्याग्दीको ताकुम र मगरदाङ्गमा वसोवास गरेको पाइन्छ यो कुरा हाम्रो पुर्खा निसी भुजीवाट ताकुम हुदै आएको हो भन्ने भनाई खिवाङका भाईहरुको भनाई छ, त्यसै गरि वाग्लुङ्गको भिकोस पातचौरका भाईहरुले मगरदाङ्ग हुदै आएको भनाई छ ।
यसरी निसीभुजी हुदै म्याग्दीको ताकुममा रहेका सरकारले चोचाङ्गी पुर्खालाई तिमी कुन ठाउमा जान्छौ भन्दा म्याग्दी पारीखोलाको खिवाङ रोजेको र उनि आउदा नौमति वाजा सहित लिएका थिए भन्ने स्थानिय चोचाङ्गीहरुको भनाई छ सो हाल सम्ममा ठुलो दमाको साथमा विभिन्न वाध्यवादन सामाग्री संरक्षण गरि राखिएको छ । त्यस समयमा चोचाङ्गी पुर्खाले र्आजेको क्षेत्रफलको सिमांकनमा पनि खिवाङवाट पुर्वमा मराङ, पश्चिममा म्याग्दी खोला, उत्तरमा चेचुङ वगर र दक्षिणमा भारवाङ रहेको पाइन्छ । हाम्रा पुर्खाले चेचुङ र भारवाङ गरि दुई ठाउ छोरीहरुलाई दाइजोमा दिएको उल्लेख छ भने चोचाङ्गी भाई खलक को संख्यामा पनि पुरानो थातथलो खिवाङ वाट फैलिएर मराङ, कल्लेनी, विम र मुदी स्थानमा सघन वस्ति वसोवास रहेको छ ।
अर्काे भाई खलक भने ढोरपाटनको निसीभुजीवाट दाङ्गामा गई वसोवास गरेको पाइन्छ । जहाँ घोडा बाँध्ने तवेला, गोठ, पानी पँधेरो रहेको स्थानियहरुको भनाई रहेको छ । यस ठाँउको एउटा रोचक इतिहासको कथन छ । हाम्रो चोचाङ्गी पुर्खाको वसोवास गर्दै गर्दा त्यस ठाँउमा फगामी थरका पुर्खा पनि बस्दथे । रोचक कुरा फगामी पुर्खाले कुवाको पानी पँधेरो धमिलो पारी छोडदा रहेछन र चोचाङ्गी पुर्खा पँधेरोमा आउदा पानी धमिलो भएको देखे पछि कस्ले यो काम गर्छ भनि र्फकिन्थे ततृपश्चात यो कुरा पत्ता लगाउनु प¥यो भनेर केहि दिन सम्म निगरानी पछि फगामी पुर्खा प‘धेरोमा आएर धमिलाउन खोज्दा त्यत्तिकैमा चोचाङ्गी पुर्खाले धनुष वाणले ताकेर छोडनै खोज्दा फगामी पुर्खाले तुरुन्तै विन्ती गर्दै मलाई नमार भनि समझदारी गरे बरु मेरो सात वटा छोरीहरु छन ती मध्ये रोजेर विवाह गराई दिने शर्त राखेर दुवै जना घर तिर लागे पछि चोचाङ्गी पुर्खालाई कुन छोरीलाई रोज्ने भन्ने लागे पछि कुचोको टुक्रालाई घरको दलानमा राखि दिए । ती मध्येमा जेठी, माइली, साइलीले क्रमश नाघेर घर भित्र पसे भने कॉइली छोरीले कुचोलाई पालीमा कोचेर भित्र पसे र राइली, ठुलो कान्छी र कान्छीहरुले पनि नाघेर घर भित्र पसे पछि काइलीले नै घर गरिखाने देखे पछि चोचाङ्गी पुर्खालाई उनलाई रोज्न पुगे र विवाह उनि संग गरि समय जिवन विताउन थाले । त्यस दाङ्गाको मडरदाङमा परिवारको दरसन्तान फैलिन नसके पछि के कारणले होला ? भनि खोजनीति गर्दा चोचाङ्गी पुर्खालाई माइतीको दोष लागेको छ भनि झाक्री वाट दोष टारे पछि सन्तान फैलिन थाले तर केही समय पछि त्यहॉ वाट वाग्लुङ्गको पातचौर भिकोसमा गएको त्यहाका स्थानिय गंगा प्रसाद चोचाङ्गीको भनाई अनुसार नकु पुनको वावा गएको प्रमाणित हुन्छ । मगरदाङ्ग वाट पातचौर भिकोसमा जेठा, च्युरिवोटमा माइला, र र्भजुलामा कान्छा आएर वसोवास गरेको पाइन्छ । ती ठॉउ वाट गई निस्कोट स्थानमा सघन वस्ति वसोवास रहेको छ ।
त्यसै गरि अर्काे भाइ दाङ्गावाट ती पूर्खा पर्वत जिल्लाको रुप्से गाउमा गई वसोवास गरेको पाइन्छ । रुप्से वाट पनि फैलिएर शालिजा, नागी, वरङजा र पाखापानीमा सघन वसोवास रहेको छ ।
नेपाल एकिकरण हुन पुर्व बाइसे चौविसे राज्यको कालखण्डमा १८ मगरात जुन बाइसे राज्य संचालन हुँदा म्याग्दी वाग्लुङमा ढोर, गल्कोट, ताकुम र पर्वत राज्यहरु थिए । यि राज्यहरुमा राज्य ब्यवस्थाको सेरोफेरोमा हाम्रो पुर्खाहरुको वसोवासको आधारमा हेर्दा चोचाङ्गी मगरहरुको वसोवास रहेको पाइन्छ ।
