अध्यक्षको सन्देश

चोचाङ्गी समाज नेपालले समुदायको संस्कृति संस्कार सम्वद्र्धन र पुस्तान्तरणको निरन्तरता दिनु

जेदौ, नमस्कार

हाम्रो देश, हाम्रो पूर्खा, हाम्रो गरिमा ।

हाम्रो इतिहास, हाम्रो संस्कृति, हाम्रो महिमा ।।


यो सन्देश चोचाङ्गी समाज नेपाल र ब्यक्तीगत तर्फ वाट सम्पुर्ण चोचाङ्गी परिवार सदस्यहरु, इष्टमित्रहरु लगायत शुभचिन्तकहरु संग साझा गर्न पाउ‘दा म अत्यन्त गर्वका साथ नमन ब्यक्त गर्न चाहन्छु ।

नेपाल बहुभाषिक, बहुसांस्कृतिक र अनेकता भौगलिकतामा रहेको छ । यस देशभरि छरिएर रहेका मगर जाति भित्र चोचाङ्गी थरहरुको बसोवास गर्दे आइरहेका छन । यस समाजको उद्देश्य चोचाङ्गी दाजुभाईहरु गोलवन्द हुदै पूर्खाहरुको जिवन्त इतिहासको संरक्षण गर्दे र आउने पुस्ताहरुलाई मार्ग निर्देशनका साथै नेपाली समाज र चोचाङ्गीहरुको सामूहिक उत्थानमा समाजको स्थापना गर्ने हेतुले खोलिएको संस्था हो ।

हाम्रो जिवन्त पुर्खाका सन्ततिहरुलाई एकतावद्ध गर्दै हाम्रो परम्परा, भाषा, संस्कार, सांस्कृतिक संरक्षण विविध रितिरिवाज वारे अनुसरण गराउने र सिकाउने हाम्रो अनौठो पहिचानहरुलाई एकरुपतामा ल्याई संरक्षण सम्वद्र्धन गर्ने हेतुको साथ यी मुल्यहरुलाई भावी पुस्ताहरुलाई साझा जिम्मेवारी गराउन अत्यन्त जरुरी छ ।

यस संस्थाले चोचाङ्गी परिवार सदस्यहरुलाई चोचाङ्गी परिवार सदस्यहरुलाई समाजको हरेक पक्षमा सामाजिक विकासको अवधारणामा हातेमालो गर्न, शिक्षा, स्वास्थ्य र जिविकाउर्पाजनमा समेत टेवा दिई समाज प्रति जागरण ल्याउनको लागि हाम्रो नयॉ पुस्तालाई सशक्त वनाऔं र हाम्रो समुदायको उज्जवल भविष्य निमार्ण गरौ भन्ने लक्ष्य सहित अगाडि बढेको छ ।

अन्तमा नितान्त नेपालको वाग्लुङ्गको निसी भुजी, रुकुम, रोल्पा र म्याग्दी जिल्लाको भुगोलमा वोलिने खाम भाषिक रुपमा चोचाङ्गीको शब्दार्थ जल्दो वल्दो समुह भन्ने अर्थ खोज अनुसन्धानमा पाइएको छ । यस नामकरण विषयकमा भौगोलिक सांस्कृतिक रुपमा भने केही पुरानो किम्वदन्तीका भनाईहरु पनि आएका छन तर स्पष्ट आधारहरुको अनुसार किटान गर्न सकिएको छैन यसका लागि पनि निरन्तर रुपमा खोजी कार्य भै रहेको छ । यो नामको पहिचान सहित चोचाङ्गी परिवार सदस्यहरुले निरन्तर रुपमा जो जहा छ त्यहा वाट सर्मथन, समर्पण र यस समाजले कल्पना गरेका सामुहिक दृष्टिकोण सहितको विश्वासका लागि चोचाङ्गी समाज नेपालको कार्यक्रम र पहलहरुमा सक्रिय रुपमा सहभागी हुर्दै जिवन्त चोचाङ्गी समाज निर्माण गरौ भन्ने नैतिक भौतिक र आर्थिकरुपमा सहयोग गर्नुहुने सम्पुर्ण भाइचाराहरुलाई हार्दिक कृतज्ञता अर्पण गर्दछु ।


धन्यवाद ।