चोचाङ्गी थरको नामकरणको दस्तावेज
Visited Date: 2082-02-17
चोचाङ्गी समाज नेपालले चोचाङ्गी थरको नामकरण कसरी रहन गयो ? भन्ने एतिहासिक विषयलाई खोज अनुसन्धान गर्न चोचाङ्गी समाजका अध्यक्ष श्री चेम ब. चोचाङ्गी र सदस्य श्री देव चोचाङ्गी निरन्तर भौगोलिक र भाषिकरुपको अध्ययन, प्रत्यक्षरुपमा विभिन्न भुभागमा वसोवास गर्ने चोचाङ्गी वयोवृद्धहरु संग छलफल वाट तथ्य कुराहरुको संकलन गर्न मगर बुद्धिजिवि अगुवा ब्यक्तिहरु डा. विष्णु सिंजाली, डा. लाल ब. पुन र नेपाल मगर संघ केन्द्रिय समितिका अध्यक्ष श्री ज्ञानेन्द्र ब. पुन लगायत स्थानिय ब्यक्तिहरु वाट आएका केही किम्बदन्ति भनाई, केही भुगोलका वोलिचाली आधारमा र केही तथ्य लिखित, र्पुखौली सामाग्रीका प्रमाणितहरुको आधारमा खोजनीति गर्ने काम गर्दा भेटिएका सम्पुर्ण उल्लेखित आधार वाट चोचाङ्गे शब्द मगर भाषाको खाम भाषिकमा चो (वलिष्ठ भई उम्लिनु) चा/चाङ (हकि स्वभाव आगो जस्तो बल्नु) गे (समुह वा परिवार) यसको शाब्दिक अर्थमा जल्दो बल्दो समुह भन्ने बुझिन्छ ।
यसरी नेपालको विभिन्न जिल्लाहरुको ठॉउका भुभागमा खोज अनुसन्धान गर्दा चोचाङ्गी थरको उत्पति पुर्व रुकुम मैकोट रुकुममा पुन (पोन) मगरको उदगम थलो भएकोले चोचाङ्गे पुनका शाखा रुकुम, रोल्पा र ढोरपाटन क्षेत्र हुदै म्याग्दी, बाग्लुङ्ग, पर्वत जिल्लामा वसोवास र्गदै आइरहेको भौगोलिक अध्ययन अनुसार रहेको छ ।